DP Jung
Content Creator & IT Engineer
जापानमा बसोबास गर्ने एक IT Engineer र Content Creator को रूपमा, मेरो उद्देश्य जापानको बारेमा सही, सरल, र उपयोगी जानकारी तपाईंहरू समक्ष पुर्याउनु हो। आफूले जानेका र अनुभव गरेका कुराहरूलाई भिडियो र पोस्टमार्फत सबैमाझ बाँड्नु मेरो सानो प्रयास हो।
मेरो च्यानलमा तपाईंले JLPT परीक्षा (जुन जापानमा काम र बसोबासको लागि अत्यन्तै महत्त्वपूर्ण छ), जापानमा अतिरिक्त आम्दानीका अवसरहरू(Extra Income), सेयर बजार, र प्रेरणादायी भिडियोहरू जस्ता विभिन्न विषयहरूमा जानकारी पाउनुहुनेछ।
यदि तपाईं जापानमा हुनुहुन्छ वा जापानबारे रुचि राख्नुहुन्छ भने, मेरो यो सानो संसारमा तपाईंलाई हार्दिक स्वागत छ। समयले दिएसम्म तपाईंहरूका जिज्ञासा र समस्याहरूमा सल्लाह र समाधान दिन म सधैं तयार छु।
मसँगै जापानका कुराहरू सिक्न, अघि बढ्न, र जानेका कुराहरू साझा गर्न, कृपया मलाई निम्न सामाजिक सञ्जालमा फलो गर्नुहोस्।
← Back to Home